नेपाल ओमानसँग १०२ रनले पराजित

काठमाडौँ- आइसीसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगितामा नेपाल ओमानसँग १०२ रनले पराजित भएको छ ।
३०६ रनको लक्ष्यसहित ब्याटिङ गरेको नेपाल डिएलएस रन रेटका आधारमा १०२ रनले पराजित भएको हो ।
किर्तिपूरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ३६ ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।
खेलको ३७ ओभर सुरु हुन नपाई वर्षा बाधक बनेपछि केहिवेरका लागि खेल स्थगित भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्