राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले  संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्नु भएको छ ।

यसअघि राष्ट्रपतिले फिर्ता गरेको सोही अध्यादेश सोमबार बसेको मन्त्रीपरिषद बैठकले केही परिवर्तन नगरी पुनः  दोस्रोपटक सिफारिस गरी  राष्ट्रपतिसमक्ष पठाएको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपतिले आज अध्यादेश जारी गर्नु भएको हो । अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ६ जनामध्ये ४ जना सदस्य उपस्थित भए गणपुरक पुग्ने र उपस्थित सदस्यको बहुमत ३ जनाबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको बताइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.