आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको अर्थमन्त्री वाग्लेको टिप्पणी

काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो ।

उहाँले बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ थियो ।

बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी बजेट आएको बताउँदै मन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको जनाउनुभयो । समितिका सदस्य नरेन्द्रकुमार केरूङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.