कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड ९८ लाख

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।
उहाँँका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन भएको हो ।
विनियोजित रकममध्ये चालुतर्फ रु १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ रु २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ रु १५ करोड र वित्तीय हस्तान्तरणतर्फ रु पाँच अर्ब ५६ करोड ३६ रकम छुट्याइएको योजनामन्त्री लिङ्थेपले जानकारी दिनुभयो ।
यो अनुमान चालु आवको विनियोजनको तुलनमा १२ दशमलव ७४ प्रतिशतले बढी रहेको मन्त्री उहाँले बजेट वक्तव्यमा उल्लेख गर्नुभयो ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ८७ करोड, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु नौ अर्ब १२ करोड, सशर्त अनुदानबाट रु पाँच अर्ब ९५ करोड, समपुरक अनुदानबाट रु ८४ करोड, विशेष अनुदानबाट रु ४१ करोड र सोझै भुक्तानीबाट रु २० करोड खर्च व्यहोरिने र बाँकी अपुग रकम नगद मौज्दातबाट रु पाँच अर्ब व्यहोरिने मन्त्री योजनामन्त्री लिङ्थेपले बजेट वक्तव्यमार्फत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.