विपदमा मन्त्रीको निरीक्षण होइन, नागरिकको सुरक्षा प्राथमिकतामा: मन्त्री गुरुङ

काठमाडौँ- मनसुन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सरकारले विपद् प्रतिकार्यको तयारीलाई फरक ढंगले अघि बढाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा भएको छलफलपछि गृहमन्त्री सुधन गुरुङले विपद्को समयमा मन्त्रीहरूको निरीक्षणभन्दा नागरिकको सुरक्षामा ध्यान केन्द्रित गरिने बताउनु भयो ।
उद्धारका लागि हेलिकप्टर खटाउनेदेखि, मोबाइल एपमार्फत पहिरो जोखिमयुक्त क्षेत्र पहिचान गर्ने तयारी भइरहेको मन्त्री गुरुङले जानकारी दिनु भयो ।
कतै समस्या परिहाले राहत तथा उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाइने योजना रहेको पनि उहाँले बताउनु भयो ।
सरकारले पूर्वसूचना प्रणाली, उद्धार टोली परिचालन र राहत सामग्री व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला तयारीलाई प्रभावकारी बनाउन सबै निकाय सक्रिय बनेका छन्।।





प्रतिक्रिया राख्नुहोस्