बन्द सत्र आजदेखि, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै

आजै उमेदवारहरुको मनोनयन

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधिहरु हलभित्र जाने क्रम सुरु भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुँदैछ । विहानैदेखि बन्द सत्र सुरु हुने कार्यतालिका रहेपनि अझै केही घण्टा तयारी मै लाग्ने नेताहरुले बताएका छन।

प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । यसपछि प्रतिवेदनमाथि छलफल हुने र कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

यसैगरी आजै महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने र यसमाथि छलफल हुने पनि कार्यक्रम छ ।

यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आजै उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.