प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

मुलुकमा घटेका पछिल्ला घटनाक्रम, समसामयिकलगायत विषयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

खासगरी, सुनसरीमा आइतबार घटेको घटनापछि उत्पन्न परिस्थिति पछि सरकारले संयमता अपनाउन आग्रह गरेपनि अरु जिल्लाहरुमा पनि प्रदर्शनहरु हुन थालेपछि प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो ।

सुनसरी लगायतका जिल्लाहरुमा उत्पन्न परिस्थितिका बारेमा हिजो मात्र रास्वपा सभापति रवि लामिछानेले आव्हान गर्नुभएको सर्बदलीय बैठकमा प्रधानमन्त्री सहभागी नहुनु भएको भन्दै दलहरुले आलोचना गरेका थिए ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.