त्रिवि शिक्षण अस्पतालका सुरक्षा गार्डलाई सीपीआर र सञ्चार तालिम

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अस्पतालमा कार्यरत सुरक्षा गार्डलाई आधारभूत जीवनरक्षा सीप (सीपीआर) र सञ्चारसम्बन्धी तालिम दिएको छ ।

तालिममा आपतकालीन अवस्थामा बिरामीको अवस्था पहिचान गर्ने, सीपीआर दिने, प्रभावकारी सञ्चार गर्ने तथा सेवाग्राहीसँग व्यावसायिक व्यवहार गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

अस्पतालका उपनिर्देशक प्रा.डा. गोपाल सेडाईको संयोजन तथा आइसियू विभागको सहयोगमा सञ्चालन भएको तालिममा विषय विज्ञहरूले प्रशिक्षण दिएका थिए ।

अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि अन्य जनशक्तिलाई पनि चरणबद्ध रूपमा यस्ता तालिम दिँदै जाने जनाएको छ । तालिममा ५० भन्दा बढी सुरक्षा गार्ड सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.