नेपाल आयल निगमद्धारा उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण

काठमाडौँ-नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ ।
पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरण सुूरु गरीएको हो ।
ग्यास वितरण सुरु हुनुअघि नै बिहानैदेखि सर्वसाधारण सिलिन्डर लिएर लाइनमा बसेका छन्। ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानुपर्ने छ । काठमाडौंका पाँच छुट्टाछुट्टै स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिने निगमले जानकारी दिएको छ ।
टेकु परिसर ,चावहिलस्थित यातायात कार्यालय परिसर ,कीर्तिपुरस्थित राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास लिन सकिने व्यवस्था मिलाइएको छ ।
अति आवश्यक भएका उपभोक्तालाई मात्र माथि उल्लेखित स्थानमा तोकिएको समयमै आफ्नो परिचयपत्र सहित उपस्थित भई ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।
डिलरबाट नियमित ग्यास आपुर्ति भइरहेपनि ग्यास नपाएको उपभोक्ताको गुनासो सम्बोधन गर्न तत्काल राहतका लागि यो व्यवस्था गरिएको निगमले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्