मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनु भएको छ ।
आज बसेको कोशी प्रदेश सभाको बैठकमा मुख्य मन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ५७ मत पाउनु भएको हो । जुन प्रदेश सभाको बहुमत हो ।
प्रस्तावको विपक्षमा २२ मत खसेको छ । ४ जना सांसदहरु तटस्थ रहनु भयो । बैठकका ८३ सदस्य उपस्थित हुनु हुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्