मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं -मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज (मङ्गलबार) अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको शिक्षा तथा खेलकुद मन्त्री एवम् सरकार प्रवक्ता सस्मित पोखरेललो सचिवालयले जानकारी गराएको हो ।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको थियो । त्यसयता मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । दसैँ बिदा र त्यसपछिको अवधिका कारण बैठक लामो समयपछि बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.