टायरको तटबन्ध !
स्याङ्जा- फालिएका टायरहरु प्रयोग गर्दै तटबन्धको काममा प्रयोग गर्ने विधि स्याङ्जामा अबलम्बन गरिएको छ । राज्यको बजेट नै कुरेर करोँडौको लागतमा तटबन्धको योजना पार्नुपर्ने संस्कारलाई तोड्न फालिएका टायरबाट तटबन्ध गरिएको हो ।
स्याङ्जाको गल्याङ नपा- १ मा रहेको उत्तरबाहिनी क्षेत्रमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले कालीगण्डकी नदीको कटानलाई रोक्न तटबन्ध निर्माण गरेको हो ।
कालीगण्डकी नदीको तटमा रहेको यो गुरुकुलमा फालिएका टायरहरु संकलन गर्दै तटबन्धको काम गरिएको छ । नदीले कटान गर्न सक्ने जोखिम निराकरण गर्न राज्यको ठूलै योजना कुर्नु नपर्ने बताउँदै करोँडौको निर्माण कार्य १२ लाखमा सम्पन्न गरिने प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।
तटबन्धको निम्ति ट्रक ,टयाक्टर र बसका फालिएका टाएरहरु प्रति टायरको मुल्य ५० देखि ४०० रुपैँयामा पाल्पा , स्याङ्जा र कास्कीबाट खरिद गरिएको हो ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्याङ्जाको ४ लाख ७० हजार र प्रतिष्ठानको ४ लाख खर्च भएको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णको भनाइ छ । यो विधिले तटबन्धको आर्थिक लागत कम पर्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्याङ्जाका प्रात्रिधिक मुकेस बिकले बताउनुभयो ।
अहिले ज्ञान बिज्ञान प्रतिष्ठानमा २ वटा गुरुकुल संचालन भैरहेको छ भने योग तथा प्राकृतिक अस्पताल बैशाखसम्ममा शुभारम्भ गर्ने तयारी भैरहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्