युरोपा लिगका अन्तिम १६ का खेलहरु गएरातीबाट सुरु

युरोपा लिगका अन्तिम १६ का खेलहरु गएरातीबाट सुरु भएका छन् । जसअन्तर्गत म्यानचेष्टर युनाइटेड पहिलो लेगमा एसी मिलानसँग बराबरीमा रोकिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको युनाइटेडले दोस्रो हाफको ५०‍औं मिनेटमा अमाद डियालोले गरेको गोलले खेलको ९०औं मिनेटपछिको अतिरिक्त समयमा एसी मिलानले रोमाञ्चक एक गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको हो ।

अब युनाइटेडले प्रिमियर लिगमा वेष्टह्यामसँग खेल्नेछ भने एसी मिलानले सिरिए अन्तर्गत नेपोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी आज बिहान सम्पन्न युरोपा लिगका अन्य खेलहरुमा ग्रानाडा, आर्सनल, रोमा र टोटनह्‍याम बिजयी भएका छन् । युरोपा लिगका अन्तिम १६ का ८ खेलका पहिलो लेग गएराती र आज बिहान सम्पन्न भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.