आजका आठ तस्वीर

सुर्खेतबाट पश्चिम जाजरकोट जोड्नका लागि निर्माण गरिएको छेडाबजार–साधिविसौना सडक । यो सडक मध्यपहाडी लोकमार्गसँग जोडिएको छ ।

तनहुँको व्यास नगरपालिका–५ पाटन र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्न सेती नदीमाथि निर्माण गरिएको पक्की पुल । तनहुँ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने उक्त पुल आयोजनाकै लगानीमा निर्माण भएको हो ।

पानी परेर आकाश खुलेपछि धुलिखेल नगरपालिका- ९ देवीस्थानडाँडाबाट देखिएको धुलिखेल र बनेपा बजारको दृश्य ।

जोनापुरका किसानले रोपेका धानको हरियाली फाँट । कञ्चनपुरमा समयमै वर्षा हुँदा यस वर्ष ९८ प्रतिशत रोपाइँको कार्य भएको छ ।

पोखराको फेवातालस्थित बाराही घाटमा झरीको पर्वाह नगरी शुक्रबार बिहान बल्छीको सहायताले माछा मार्दै स्थानीय युवा ।

जोखिम मोलेर माछा मार्न शुक्रबार पोखराको फेवातालमा पसेका स्थानीय बालक ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा बया तोप चराले स–साना पात र रेसाहरुलाई जोडेर बनाएको गुँड ।

पोखरा महानगरपालिका–३१ सुन्दरी डाँडाबाट देखिएको रुपाताल र ताल नजिकैको बस्ती सात मुहान र राजचौतरा । वरिपरि डाँडाको बीचमा पर्ने तालको रुप विभिन्न समयमा परिवर्तन भइरहने हुँदा यस तालको नाम रुपा रहन गएको हो । यसको क्षेत्रफल १६३.९ हेक्टर रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.