मलेखुमा माछाको प्रतिमा !
धादिङ- माछाको परिकार र स्वादका लागि प्रशिद्ध मानिने धादिङको गजुरी गाउँपालिकास्थित मलेखुमा पर्यटन प्रवद्धनका लागि माछाको प्रतिमा राखिएको छ । गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा मलेखुको माछा बजारका स्थानीयहरुले यो प्रतिमा राखेका हुन । माछाको परिकार मलेखुलाई चिनाउने मुख्य खाना भएकोले मलेखुको पहिचानका लागि माछाको प्रतिमा स्थापित गरिएको ब्यवसायीहरुको भनाई छ ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि लामो समयसम्म गरिएको बन्दा बन्दिका कारण ओरालो लागेको माछा बजारको ब्यपार वृद्धिमा यसले सहयोग गर्ने विश्वास उनीहरुको छ ।
आन्तरीक एवं बाह्य पर्यटकहरुका लागि माछाको प्रतिमा हेर्न लायक हुने स्थानीयहरुको बुझाइ छ । जस्का कारण यस बजारको होटल व्यावसायको ब्यापारमा समेत टेवा पुग्ने छ ।
साविकको बेला मेलेखुको माछा बजारमा माछा खान निकै टाढा टाढादेखि आउने ग्राहकहरुको निकै भिड लाग्ने गरेको थियो तर अहिले बन्दा बन्दिका कारण त्याहाँको ब्यापार ब्यावसाय चौपट भएको छ ।
मलेखु त्रिशुली नदीको माछाका लागि प्रशिद्ध भए पनि अहिले स्थानीयका ठाँउको माछा पाउन छाडे पछि दैनिक तराईका विभिन्न जिल्लाहरुबाट माछा आयत हुने गरेको छ ।
तर यसको नियन्त्रणका लागि माछाको उत्पादन नै स्थानीय रुपमा गर्न सुरु भएको छ । मलेखुको बजारमा लक डाउन भन्दा पहिले दैनिक एक हजार पाँच सयदेखि दुई हजार किलोग्रामसम्म ताजा माछा विक्रि हुने गरेको भनाइ ब्यापारीहरुको छ ।।
प्रतिक्रिया राख्नुहोस्