भारतमा दोस्रो चरणको कोरोना महामारी बढ्दो क्रममा

नयाँ दिल्ली- भारतमा कोरोना दोस्रो चरणको महामारी बढ्दो क्रममा छ ।

दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । विगत २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका छन् । विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च भएको छ । एकैदिन ९ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७० हजार भन्दा बढिको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या अत्यधिक रुपमा बढेपछि खोप अभियान समेत प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.