देउवाको दाबीले कांग्रेस महाधिवेशनको सरगर्मी बढ्यो

काठमाडौं– नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीको आगामी नेतृत्वको चर्चा(परिचर्चा सुरु भएको छ ।

आगामी महाधिवेशनमा पुनः सभापतिको उमेदवार बन्ने वर्तमान सभापति शेरवहादुर देउवाको चाहनासँगै महाधिवेशनको सरगर्मी बढ्न थालेको हो । सभापति लगायत आगामी नेतृत्वका लागि नेताहरुबीच अहिले छलफल र भेटवार्ता बाक्लिँदै गएको छ ।

पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा निरन्तर छलफल भइरहेको छ । नेता सिंहको निवास चाक्सिबारी ठमेलमा मंगलबार भएको भेटवार्तामा उहाँहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिनुभयो ।

यस अघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्रत्रयको यस भेटघाटलाई निकै महत्वकासाथ हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.