मनसुन यो साता पनि सक्रिय रहने

काठमाडौँ- यो साता पनि मनसुन सक्रिय रहने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको महाशाखाले जनाएको छ।

अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ घर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

आगामी २४ घन्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। निरन्तरको वर्षासंगै पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।

यसैगरी, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा मानिसहरुको दैनिक जीवन संगै यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.