विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गर्नुभएको छ ।

घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिनुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो ।

अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.