शेयर बजारमा सामान्य सुधार

काठमाडौं– सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेर बन्द भएको छ । कारोबार अवधिभर निकै उतारचढाव देखिएको बजारमा नेप्से ५ दशमलव ७ पाँच अंकले बढेर ३ हजार १ एक ६० विन्दुमा पुगेर बन्द भएको छ ।

कारोबारमा आएका १३ समूह मध्ये ६ समूहको सूचक घटेको छ भने ७ समूहको सूचक बढेको छ । नेप्से बढेको दिन कारोबार २ सय २७ कम्पनीको १५ अर्ब ९३ करोड रुपैयाँ बढीको भएको छ। तर यो कारोबार रकम आइतबारको तुलनामा कम हो । आइतबार हालसम्मकै सबैभन्दा धेरै २१ अर्ब ६४ करोडको शेयर कारोबार भएको थियो ।

सोमबार सबैभन्दा धेरै शेयर कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यो कम्पनीको ७४ करोड रुपैयाँ बराबरको भएको छ। यस्तै नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जिवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउनेमा कम्पनीहरुको सूचीको अग्रस्थानमा आइसीएफसी फाइनान्स कम्पनी छ । यो कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.