पूर्वी मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ । आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।

आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ । भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ ।

भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन् । मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.