फेसबुकको नाम परिवर्तन हुँदै

विश्वमै बहुचर्चित सामाजिक संजाल फेसबुकको कर्पोरेट नाम परिवर्तन गरी मेटा राखिने भएको छ ।

फेसबुकको कर्पोरेट नाम र लोगो समेत परिवर्तन गरी कम्पनीलाई नयाँ ब्रान्डका रुपमा अघि सारिने फेसबुकका मालिक मार्क जुकरबर्गले घोषणा गरेका छन् ।

कम्पनीले अहिले जति काम गरिरहेको छ त्यसलाई फेसबुक नामले मात्र नसमेट्ने र यसको दायरालाई सामाजिक संजाल मात्र नभई भर्चुअल रियालिटीका रुपमा समेत विस्तार गर्ने लक्ष्यमा साथ नाम परिवर्तन गरिएको बताइएको छ ।

नाम परिवर्तनको असर फेसबुक, इन्सटाग्राम र ह्वाट्स एप जस्ता व्यक्तिगत प्लेटफर्म नपर्ने जनाइएको छ । केवल फेसबुकको अभिभावक कम्पनीको नाम परिवर्तन गरिने जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.