एमाले प्रतिनिधि संख्या १९९९ पुर्याइयो
काठमाडौं– नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्याएको हो । बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरे पनि केन्द्रीय कमिटीले बढाएको हो ।
महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्