टंकलाल घिसिङ राखेप सदस्य सचिबमा नियुक्त

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेको हो।

१ कात्तिकमा तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दर्खास्त आव्हान गरेको थियो ।

नेपाल सरकारको नियम अनुसारएक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा छनौट समितिले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.