‘ए डिभिजन लिग’ : हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीच आज प्रतिस्पर्धा

काठमाडौँ- शहीद स्मारक ए डिभिजन अन्तर्गत आज हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
सो खेल दशरथ रंगशालामा अपरान्ह ४.४५ बजे हुने कार्यक्रम छ । यसअघि हिजो पहिलो पटक घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३-१ ले पराजित गरेको छ ।
मनाङको घरेलु मैदान पोखरामा रंगशालामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे ।
पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गरे ।
मनाङका लागि १० औं मिनेटमा डिफेन्डर दिनेश राजवंशीको पासमा अञ्जनले गोल गरे । जित निकालेसँगै मनाङले लिगमा स्पष्ट दुई अंकको अग्रता बनाउदै शिर्ष स्थानमा रहेको छ ।।





प्रतिक्रिया राख्नुहोस्