राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ ।

सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।

आज सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने काम गरेको भन्दै राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई ज्ञापन गर्नुभएको हो ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई ।”

साथै उहाँले सो टोलीलाई भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.