२४ घण्टामा कोभिड– १९ : संक्रमितभन्दा निको हुने दोब्बर, मृत्यु भने अझै उस्तै

काठमाडौं– पछिल्लो २४ घण्टामा कोभिड– १९ संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर बढी रह्यो ।

२४ घण्टामा देशभर २० हजार ९ सय ८९ जनामा गरिएको परीक्षणमा ११२८ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा २२१५ जना कोभिड संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण घट्दै गए पनि मृत्यु दर भने उस्तै छ । २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोभिड– १९ बाट ११ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ रहेको छ ।

२४ घण्टामा उपत्यकाका काठमाडौंमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.