बेरुतमा बिरोध प्रदर्शन
लेबनान- लेबनानको राजधानी बेरुतमा भएको विष्फोटको विरुद्धमा निस्किएको प्रदर्शनका सहभागीहरुले सरकारी मन्त्रालयहरुमा तोडफोड गरेका छन् ।
बेरुतमा भएको विष्फोटमा परी १ सय ५८ जनाको मत्यु भएको थियो भने ४ हजार जना घाइते भएका छन् । विष्फोटको घटनाका विरुद्ध सडकमा हजारौंको संख्या सर्वसाधारण निस्किएका छन् ।
ढुंगा हान्ने प्रदर्शनकारीहरु माथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । केही स्थानमा गोली चलेको आवाज समेत सुनिएको बताइएको छ । लेबनानी प्रधानमन्त्री हसन दियावले संकटको समाधान छिटो निर्वाचन भएको बताउँदै संसदीय निर्वाचनका लागि छलफल गरिने बताउनु भएको छ ।
धेरै लेबनानीहरू २ हजार टन एमोनियम नाइट्रेट भण्डार गरिएको गोदाम घर विस्फोट हुनबाट रोक्न नसकेको भन्दै क्रोधित बनेका छन् । सो विष्फोटक पदार्थ ६ वर्ष अघि एउटा जहाजबाट जफत गरिएको थियो ।
तर बस्तीको बीचबाट सो विष्फोटक नहटाउँदा दुःखद घटना भएको हो । सरकारले घटनाका दोषीहरु पत्ता लगाउने प्रतिवद्धता जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्