पश्चिमा मुलुकहरुद्वारा रुसमाथि आर्थिक प्रतिरोध

अमेरिका, बेलायत र युरोपेली देशहरुले युक्रेन माथि गरिएको रुसी आक्रमणका विरुद्ध आर्थिक प्रतिरोध शुरु गरेका छन् ।

अमेरिका र बेलायतले रुसी इन्धन माथि प्रतिबन्ध लगाएका छन् भने युरोपेली संघले युरोपेली मुलुकमा आपूर्ति हुँदै आएको रुसी ग्यास माथिको आत्मनिर्भरता अन्त्य गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र युरोपेली संघको कदमले रुसी अर्थतन्त्रको मुख्य धमनी लाई लक्षित गरेको बताउनु भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले अमेरिकाले गरेको तेल प्रतिबन्धको स्वागत गर्नुभएको छ ।

ऊर्जा निर्यात रूसको लागि राजस्वको एक महत्त्वपूर्ण स्रोत हो । तर यो कदमले पश्चिमा मुलुकका उपभोक्ताहरूलाई पनि असर गर्ने सम्भावना भने रहेको छ । युक्रेन माथि भइरहेको रुसी आक्रमणको विरोधमा ठूला ब्रान्डहरु रुसबाट बाहिरिने क्रम जारी छ ।

पछिल्लो समय म्याकडोनाल्ड र कोकाकोटा पनि रुसबाट बाहिरिएका छन् । रुसी अर्थतन्त्र इन्धन माथि मुख्य रुपमा निर्भर रहेको छ । रुस विश्वकै तेस्रो ठूलो इन्धन उत्पादक हो । इन्धन उत्पादन र आपूर्तिमा साउदी अरेबेरिया र अमेरिकापछि रुस रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.