अध्यक्ष अन्सारीद्वारा रमजान रोजाको शुभकामना

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रमजान रोजाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
इस्लामी पात्रोअनुसार १२ मनिामध्येको नवौं महिना रमजान महिना हो । रमजान महिनाभरी नै रोजा, ब्रत बस्ने गरिन्छ ।
नेपालमा रमजान रोजा चैत २० गतेदेखि सुरु भएको छ ।
अध्यक्ष अन्सारीले रमजानले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, धार्मिक सहिष्णुता अझ फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्