विश्व स्वास्थ्य दिवस : हरित वातावरण सिर्जना गर्न सरकारको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकोले हरित वातावरणको सिर्जना र प्रवर्दन गर्न आग्रह गरेको छ।

मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वायु प्रदूषण, जलप्रकोप असुरक्षित पानीको प्रयोगको कारण मृत्यु र रोग बढिरहेको उल्लेख गरेको छ।

नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइदै छ ।

नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको मन्त्रालयले उल्लेख गरेको छ।

विश्वस्वास्थ्य सङ्गठनको अनुसार प्रत्येक वर्ष संसारभर १३ लाखभन्दा बढी मानिसको मृत्यु वातावरणीय कारणले हुने गरेको छ । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावमा झाडापखाला जस्ता रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.