सय मेगावाटको तामाकोशी-भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत

काठमाडौँ-  लगानी बोर्डले एकसय मेगावाटको तामाकोशी-भी आयोजनाको लगानी स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले तामाकोशी- भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत गरेको हो । बैठकले ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि पनि लगानी स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले जानकारी दिनुभयो ।

७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका बिषयमा अध्ययन समितिले बैठकमा प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो । भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय आयोजनाहरुलाई तीव्ररुपमा अघि बढाउन निर्देशन दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.