लमजुङमा पानीमा दिसा मिसावाट

पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’

लमजुङ- लमजुङमा पनि पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ ।

जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँका अनुसार पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ ।

वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने पनि देखिएको छ ।

तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिनसक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा मलेरियाको प्रकोप फैलिने उच्च सम्भावन देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’
पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ ।

जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांशमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ ।

कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने खतरा बढ्ने गर्दछ । ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने सो जीवाणु उच्चमात्रामा रहेको पाइएको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिन पानीलाई शुद्धीकरण गर्नुपर्ने पर्वत अस्पतालका चिकित्सक डा सुरज नेपालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.