बेलौरीमा कालो प्लाष्टिक झोला प्रयोग गर्न प्रतिबन्ध
कञ्चनपुर- कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कालो प्लास्टिक (पोलिथिन) झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले सार्बजनिक सुचना प्रकाशित गर्दै आउने साउन १ गतेदेखि लागु हुने गरी कालो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको छ ।
नगरपालिकाभित्र बसोबास गर्ने उद्योगी, ब्यवसायी, तथा आम नागरिकलाई पोलिथिन झोला प्रयोग नगर्न आह्वान गरिएको छ ।
स्वच्छ, सफा एवम् बातावरणमैत्री नगर निर्माण गर्ने उद्धेश्यले कालो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी गराउनु भयो ।
नगर प्रमुख चौधरीले पोलिथिन झोलाको सट्टा बैकल्पिक झोला कागज वा कपडाको झोला प्रयोग गर्न नगरबासीलाई आह्वान गर्नुभएको छ ।-
प्रतिक्रिया राख्नुहोस्