कर्णालीमाथि काठमाडौँ गोर्खाजको रोमाञ्चक जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २ बल बाँकी छँदा नै लक्ष्य पूरा गेको हो ।
कर्णालीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
कर्णालीका अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाए भने हुसेन तलतले ३० बलमा ४० रनको योगदान दिए । पवन सर्राफ ३० रनमा अविजित रहे ।
काठमाडौंका कप्तान करण केसीले दुई विकेट लिए । काठमाडौंले यस जितसँगै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । यसअघि काठमाडौं आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्