झूटो र द्वेषपूर्ण दाबीको बिबिसीले मूल्य चुकायो

राजकुमारी डायनासँग विशेष टेलिभिजन अन्तर्वार्ता लिन बिबिसीका एकजना पत्रकारले झूटो र द्वेषपूर्ण विषयवस्तुलाई लिएर गरेको प्रयास अन्ततः गलत साबित भएको छ ।

विश्वसनीयताका निम्ति विश्वविख्यात प्रसारण संस्थाले एकजना शाही सुसारेलाई क्षतिपूर्तिस्वरुप ठूलो रकम तिर्नुपरेको छ भने उनीसमक्ष सार्वजनिक रूपमा क्षमा याचना गर्नुपरेको छ ।

राजकुमार विलियम र ह्यारीका पूर्वसुसारे टिग्गी लेगे–बोर्के भनेर चिनिने अलेक्जान्ड्रा पेटिफरको युवराज चाल्र्ससँग सम्बन्ध रहेको झूटा दाबीका निम्ति बिहीबार बिबिसीका महानिर्देशक टिम डेभीले लन्डनको उच्च अदालतमा उपस्थित भएर उनलाई पर्याप्त क्षतिपूर्ति तिर्न सहमति जनाउँदै माफी मागेका हुन् ।

पत्रकार मार्टिन बशीरले सन् १९९५ मा डायनाको अन्तर्वार्ता पाउन छलपूर्ण माध्यम प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो । बिबिसीको द्वेषपूर्ण दाबीप्रति आपत्ति जनाउँदै राजकुमार विलियम र ह्यारीले प्रसारण संस्थाको कडा आलोचना गरेका थिए ।

पेटिफरको गर्भमा युवराज चाल्र्सको भ्रुण रहेको त्यसलाई पछि पतन गराएकोलगायत झूटा आरोप लगाइएको थियो । पत्रकारितका साथै राजतन्त्रमा गम्भीर आघात पुग्ने गतल काम बशिरले गरेको जानकारी भएपछि उनलाई तत्काल बर्खास्त गरिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.