चुनावको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

काठमाडौं– निर्वाचन आयोगले मतदाताको मतदानमा सहभागी हुन पाउने उमेरहदबारे स्पष्ट पारेको छ।

साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको हो । यही साउन १९ गते आयोगको परामर्शमा नेपाल सरकारबाट निर्वाचन घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता खुल्ला गरिएको थियो ।

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ ।

यसैबीच निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको प्रर्यवेक्षण गर्न चाहने अन्तराष्ट्रिय संस्थाहरुलाई १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । निर्वाचन आयोगद्वारा जारी विज्ञप्तीमा आयोगले तयार पारेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ।

निर्वाचन पर्यवेक्षणलाई प्रभावकारी बनाउन निर्वाचन पर्यवेक्षण निर्देशिका समेत स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.