नेपालले एक सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री

काठमाडौं- उपचारको क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि आइतबार गरिने भएको छ ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९:३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माका अनुसार उहाँको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसरको शिवालयमा राखिनेछ ।

त्यसपछि ११:३० बजेदेखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपाको बी.पी. स्मृति भवनमा श्रद्धाञ्जलि लागि राखिने जानकारी दिनुभयो । त्यसपछि अन्त्येष्टिका लागि पशुपति लगिनेछ । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँ गत साउन ८ गते अस्पताल भर्ना हुनुभएको थियो।

उहाँको निधनपश्चात् कांग्रेसले विज्ञप्ति प्रकाशित गरी भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.