अधिकतम लाभ प्राप्त गर्न शून्य-कोभिड नीति फलदायीः चीन

महामारी रोकथाम र नियन्त्रण गर्दै आर्थिक विकासलाई सन्तुलनमा राख्न शून्य-कोभिड नीति चीनमा प्रभावकारी देखिएको छ ।

न्यूनतम लागतमा गरिएको रोकथाम र नियन्त्रणको प्रयासबाट अधिकतम लाभ प्राप्त गर्न शून्य-कोभिड नीति फलदायी भएको चीनियाँ अधिकारीहरुको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य आयोगको रोग नियन्त्रण ब्यूरोका प्रमुख चाङ जिलेले आर्थिक र सामाजिक विकासमा महामारीको प्रभावलाई न्यूनीकरण गर्ने उपायस्वरुप सो नीति अंगिकार गरिएको बताउनुभयो ।

विगत एक दशकमा जनस्वास्थ्य क्षेत्रमा चीनले गरेको विकासबारे बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीनको रोकथाम र नियन्त्रणको योजनाले सधैं चीनियाँ जनता र उनीहरुको जीवनलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

साथै महामारी रोकथामका लागि अवलम्बन गरिने उपायहरु मुलुकको अर्थतन्त्र र समाजमा महामारीको प्रभावलाई न्यूनीकरण गर्नेतर्फ लक्षित हुने पनि अधिकारीहरुले बताएका छन् ।

महामारीबाट प्रभावित क्षेत्रमा रोकथामका कडा कदम चाल्दै देशका अधिकांश क्षेत्र र जनताको जीवनयापन सुनिश्चित गरिएको पनि चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.