सात जना पर्यटक चाङला हिमालमा अलपत्र
हुम्ला– हुम्लाको सिमकोट गाउँपालिकास्थित चाङला हिमालमा सात जना पर्यटक अलपत्र परेका छन् ।
हिमपातले फिर्ता हुन नसकेर सात जना पर्यटक अलपत्र परेका हुन् ।
पाँच जना युके र दुई जना नेपाली गरि सात जना अलपत्र परेका पर्यटकहरूलाई माउन्टेन हेलिकप्टर उद्वार हुन लागेका छ । एकसाता अघि चाङला हिमाल चढ्न पुगेका पर्यटकहरूलाई
माउन्टेन हेलिकटरबाट उद्वार हुन थालेको फलाइट अफिसर आकृति प्रधानले जानकारी दिनुभयो ।
गृहमन्त्रालयबाट परिपत्र आईसकेपछि अनुमति दिने हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । गृहमन्त्रालयबाट परिपत्र आएसँगै उनीहरूको पनि उद्वार गरिने प्रजिअ परियारको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्