यूरोपा लिगको फाइनल खेल आज

काठमाडौं- यूएफा यूरोपा लिगको फाइनल खेल आज हुँदैछ। पोर्चुगलको लिस्बोनमा हुने फाइनल खेलमा स्पेनिस् क्लब सेभिला र इटालियन क्लब इन्टरमिलानबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयानुसार आज राति  १२ बजेर ४५ मिनेटमा शुरू हुनेछ। कोरोनाभाइरस महामारीका कारण मार्च १३ बाट रोकिएका यूरोपा लिगका बाँकी खेलहरू अगस्ट ५ देखि पुनः शुरू भएका हन्।

स्वदेशी फुटबल लिगमा शीर्ष ६ मा पर्न सफल यूरोपेली क्बलहरूबीच प्रतिस्पर्धा हुने यूरोपा लिगमा सेभिला र ईन्टर भने पहिलो पटक एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्।

यूरोपा लिगको सर्वाधिक सफल क्लब सेभिला हाल ६ पटकसम्म लिगको फाइनलमा प्रवेश गरेको छ भने अन्य क्लबभन्दा सबैभन्दा धेरै- पाँच पटक उपाधि जितेको छ। पछिल्लो पटक सन् २०१६ मा सेभिला लिग विजेता बनेको थियो।

१० पटकसम्म लिगको फाइनलमा प्रवेश गरेको ईन्टरले भने हालसम्म तीन पटक मात्र उपाधि उचालेको छ। पछिल्लो पटक सन् १९९८ मा ईन्टर विजेता बनेको थियो।

गत वर्षको जूनमा सेभिलाको प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुले लोपेटेगी क्लबलाई आफ्नो कार्यकालको पहिलो उपाधि जिताउने दाउमा छन् भने  ईन्टरका प्रमुख प्रशिक्षक एन्टोनियो कोन्टे पनि आफ्नो क्लबले जित्नेमा विश्वस्त छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.