तराई–मधेसमा महङ्गी झन् बढ्यो

काठमाडौं– तराई–मधेसमा महङ्गी बढेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा सात दशमलव ६२ प्रतिशत पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

बैंकका अनुसार २०७८ भदौ महिनामा काठमाडौँ उपत्यकामा तीन दशमलव २३ प्रतिशत, पहाडमा तीन दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा तीन दशमलव ५१ प्रतिशत बराबरको मु्द्रास्फीति थियो । यस्तै भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव ६४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.