परराष्ट्र मन्त्रालयकी अधिकृतको मोटरसाइकलको ठक्करबाट मृत्यु
काठमाडौं– काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी कर्मचारीको मृत्यु भएको छ ।
बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया शाखा अधिकृत आस्था सुब्बालाई ठक्कर दिएको थियो ।
सुब्बाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्