च्याम्पियन्स लिगको फाइनल आज, पीएसजी पहिलो पटक उपाधि जित्ने दाउमा

काठमाडौं- यूएफा च्याम्पियन्स लिगको फाइनल खेल आज हुँदैछ । पोर्चुगलको लिज्बोनमा आयोजना हुने फाइनलमा फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मन-पीएसजी र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल नेपाली समयानुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

पीएसजी, क्लब स्थापनाको ५० वर्षमा पहिलो पटकच्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । त्यस्तै जर्मनीको शीर्ष लिग बुन्डेशलिगाको विजेता बायर्न हालसम्म पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्दै ११ पटक फाइनलमा पुगेको छ ।

सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै पीएसजीले बायर्नसँगको भेट पक्का गरेको हो । यस सिजनका तीन वटै शीर्ष फ्रान्सेली फुटबल लिगहरु जितेको पीएसजी च्याम्पियन्स लिग पनि जितेर कीर्तिमान बनाउने दाउमा रहेको छ । साथै उत्कृष्ट फर्ममा देखिएकोपीएसजीमा नेयमार र एम्बापे लगायतका स्टार खेलाडीहरू छन् ।

बायर्न भनेअर्को फ्रान्सेली क्लब लियोनलाई पनि शून्यका विरुद्ध तीनै गोलले हराउँदै फाइनल प्रवेश गरेको हो। बायर्नलाई च्याम्पियन्स लिगमा जारी सिजनको १५ गोल गरेर सर्वाधिक गोलकर्ता बनिसकेका रोबर्ट लेवोन्दस्कीको साथ छ ।

लेवोन्दस्कीले अब दुई गोल गरेमा एक सिजनमा सर्वाधिक १७ गोल गरेका क्रिस्टियानो रोनाल्डोको कीतिर्मानसँग बराबरी गर्नेछन् । कोरोनाभाइरसका महामारीका कारण मार्च १२ देखि स्थगित लिगका बाँकी खेलहरू अगस्ट ८ देखि पुनः शुरू भएका हुन्। महामारीकै कारण फाइनल खेलमा पनि दर्शकको उपस्थितिमाथि प्रतिबन्ध लगाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.