प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ११८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

४० स्थानसहित कांग्रेस अग्रस्थानमा, एमाले २९ सीटसहित दोस्रोमा

काठमाडौं- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ ।

यसैगरी राप्रपा ५ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी र लोसपा २-२ र जसपा ३ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १/१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ४७ निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ ।

बाँकी ५० स्थानमध्ये बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.