भारतमा कोरोना संक्रमित ३० लाख नाघे

नयाँदिल्ली– भारतमा कोरोना भाइरसका संक्रमितको संख्या आज ३० लाख नाघेको छ।

त्यहाको स्वास्थ्य मन्त्रालयले आज १० हजार बढी नयाँ संक्रमित थपिएको र ९ सय १२ को मृत्यु भएको जनाएको छ। यससँगै संक्रमितको संख्या ३० लाख नाघेको छ । अघिल्लो १८ दिनमा संक्रमितको आंकडा भने घटेको छ।

यस अघि प्रति दिन ६० हजार नयाँ संक्रमितको रेकर्ड राखेको भारतका बढी प्रभावित ठूला शहर मुम्बइ र दिल्लि जस्ता शहरमा संक्रमितको संख्या घट्न गएको छ। साथै संक्रमणको लहर अब ग्रामिण क्षेत्रतर्फ उन्मुख भएको पनि समाचारमा जनाइएको छ। उत्तर प्रदेश, विहार, तेलङ्गना, कर्नाटक, तमिल नाडु र आन्ध्र प्रदेशमा भने संक्रमण बढ्न थालेको उल्लेख गरिएको छ।

अमेरिका र ब्राजिलपछि भारत विश्वको तेश्रो बढी प्रभावित देशमा रहेको छ भने मृतकको संख्या ५६ हजार ७ सय ६ रहेको छ जुन विश्वकै चौथो ठूलो संख्या हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.