ट्विटर प्रयोगकर्ताहरूद्वारा एलन मस्कको राजीनामाको पक्षमा मतदान
अर्बपति इलोन मस्कले आफू ट्वीटर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा रहिरहने वा हट्ने सम्बन्धमा गराएको अनलाइन मतदानमा ५७ दशमलब ५ प्रतिशत ट्वीटर प्रयोगकर्ताहरूले हट्नुपर्ने पक्षमा मतदान गरेका छन् ।
४२ दशमलब ५ प्रतिशतले भने विपक्षमा मतदान गरेका थिए । ट्वीटरका कुल १२ करोड २० लाख प्रयोगकर्ताहरूमध्ये १ करोड ७५ लाखभन्दा बढीले पक्षमा मतदान गरेका थिए ।
गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर कम्पनीमा खरिद गर्नुभएका मस्कले भने यो परिणाम बारे केही प्रतिक्रिया जनाइसक्नु भएको छैन ।
टेस्ला र स्पेश एक्स समेतका मालिक रहनुभएका मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएपनि ट्वीटर कम्पनीको मालिक भने रहिरहनु हुनेछ ।-
प्रतिक्रिया राख्नुहोस्