महान्यायाधिवक्तामा डाक्टर दिनमणि पोखरेल नियुक्त
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज अधिवक्ता डा दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
महान्यायाधिवक्ता डा पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।।
प्रतिक्रिया राख्नुहोस्