नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा पाण्डे विजयी
काठमाडौँ- नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । पाण्डे कांग्रेस केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
सभापति शेरबहादुर देउवा निकट मानिनुहुने पाण्डेले १८ मत ल्याउँदा उहाँका अर्का प्रतिश्पर्धी भोजराज अर्यालले ८ मत पाउनुभएको थियो ।
काँग्रेस गण्डकी प्रदेश संसदीय दलको निर्वाचनमा १ मत बदर भएको छ । गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्।
गत चुनावमा पाण्डे गोरखा २ को प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्