भारतीय प्रधानमन्त्री मोदीकी आमाको ९९ वर्षको उमेरमा निधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको ९९ सय वर्षको उमेरमा आज विहान निधन भएको हो ।

मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको छ । मोदीले सामाजिक संजाल ट्वीटरमा आमामा आफूले सधैं त्रिमुर्तिको महसुस गरेको बताउनु भएको छ ।

उहाँले आमालाई तपस्वी, निस्वार्थ कर्मयोगी र मूल्य मान्यताप्रति प्रतिवद्ध भएको उल्लेख गर्नुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हीराबेनलाई गत बुधबार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अस्पतालमै निधन भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.